टिप्पणी भनेको के हो ? र नमूना
- · कार्यलयसंग सम्बन्धित रहि काम कारबाही गर्दा विभिन्न समयमा विभिन्न किसिमका सामस्याहरु देखिन सक्छन। संगठनका धेरै जसो सामस्याहरु देखापर्ने कारणहरुमा तत्काल निर्णय गर्नुपर्दा, महत्त्वपुर्ण निर्णय गर्नुपर्दा, निति नियमहरुमा हेरफेर गर्नुपर्दा, निति नियम बझिएमा वा स्पष्ट नभएमा सामस्य देखिएको तहबाट सामस्याको समाधान गर्ने सामक्षा क्रमश तयारी गरि पेशगर्दै निर्णय गर्ने प्रक्रियालाई टिप्पणी भनिन्छ ।
- · टिप्पणी भन्नाले कार्यालयसङ्ग सम्बन्धित रहेको महत्त्वपूर्ण निर्णय गर्नुपर्दा, तत्काल निर्णय गर्नुपर्दा, ऐन कानुन बाझिएमा वा स्पष्ट नभएमा सामस्य देखिएको तहबाट निर्णय गर्ने तह सामक्षा क्रमश राय, सुझाव, बिचार सहितको उठाइने विवरणलाई टिप्पणी भनिन्छ ।
टिप्पणीको नमूना
नेपाल
वायुसेवा निगम
केन्द्रिय
कार्यलय, काठमाडौं
पाना न.
मिति
टिप्पणी र आदेश
बिषय: घर बिदा सम्बन्धमा
श्रीमान,
उपरोक्त बिषयमा यस वायुसेवा
निगमको लेखा शाखामा कार्यरत कार्मचारी सहयक श्री रमेश लामाले घरायसी कारण देखाउदै मिति
2076/9/29 गते देखि मिति 2076/11/01 गते सम्म संचित घर बिदाबाट काट्टा हुनेगरि घर
बिदा माग गरि निवेदन पेश गरेकोले,
यश कार्यलयको प्रचलित
कार्मचरी सेवा सुबिधा विनियमवालीमा घर बिदा सम्बन्धि ब्यावस्था उल्लेख गरेको छ जस
अन्तर्गत स्थायी पदमा कार्यरत कार्मचरिले आफुले पकाएको घर बिदा संचित गरि आवश्यक
पर्दा स्वीकृत गरि उपभोग गर्न सक्ने नितिगत ब्यावस्था भएकोले,
उपरोक्त बिषयसङ्ग
सम्बन्धित रही हल लेखा शाखामा पार्यप्त जनशाक्ती रहेको हुदा निज कार्मचारीलाई एक
पाटकमा 35 दिन नबढने गरी बिदा स्वीकृत गरौदा संगठनको कार्य सम्पादनमा असर नपर्ने र
कार्मचारीको मनोबल पनि बढ्ने हुँदा दुई पाटक गरि घर बिदा स्वीकृत गरिदिनु हुनाको
लागि निर्णायर्थ पेश गर्दाछुउ।
तयार गर्ने
................
मिति..............
पद:................
बिभाग.................
श्रीमान,
उपरोक्त बिषयमा सहमतिका
साथ निर्णायर्थ पेश गर्दछु
पेश गर्ने
...............
मिति: ..........................
पद : ............................
बिभाग: ..........................
उपरोक्त विषयमा अभिलेख रहने गरि उक्त विषयलाई
सदर गर्दाछु।
निर्णय
गर्ने
...............
मिति: ..........................
पद : ............................
बिभाग: ..........................
Comments
Post a Comment