Skip to main content
सार्वजनिक प्रशासन भनेको के हो?
- सार्वजनिक प्रशासन दुई शब्द मिली बनेको छ जहा सार्वजनिक शब्दले साझा वा सबैको सरोकार वा जनताको भन्ने बुझिन्छ भने प्रशासन शब्दले सरकारद्वारा साधन स्रोतको परिचालन गरि जनताको सेवा गर्ने भन्ने बुझिन्छ ।
- सरकारबाट आफ्नो देशको जनताको सामुहिक हित कायम गर्न नियमित, बिकासनात्मक तथा आकस्मिक गतिविधि तथा कार्यहरुको सामग्र स्वारुपलाई सार्वजनिक प्रशासन भनिन्छ ।
- सार्वजनिक प्रशासन वैधानिक प्रक्रियामा संचालन रहि राज्यको आर्थिक, राजनैतिक, सास्कृतिक गतिविधिहरुको सामग्रतालाई सरकारी कार्यहरूसङ्ग सम्बन्ध कायम गरि सरकार र जनता बीच पुलको रूपमा रहन्छ ।
- सार्वजनिक प्रशासन नीति प्रशासन भन्दा भिन्न रहने प्रशासन हो जसले राज्यका अंगहरु कार्यपालिका, व्यावस्थापिका र न्यायपालिका तथा तिनीहरु बिचको अन्तरसम्बन्धलाई व्यावस्थित बनाउछ।
- सामग्रमा सार्वजनिक प्रशासन भन्नाले राजकीय अधिकारको स्रोतको रूपमा रहेका नागरिकको सामाजिक, राजनीतिक, सास्कृतिक, आर्थिक लगायत सामग्र नियमित, विकासनात्मक तथा आकस्मिक कार्यहरूको सञ्चालन गरि नागरिक सामु सार्वजनिक नितिलाई कार्यन्वयन गर्ने, सार्वजनिक सरोकारका स्रोतलाई व्यावस्थापन गर्ने प्रशासनलाई नै सार्वजनिक प्रशासन भनिन्छ ।
Comments
Post a Comment