जैविक विविधताको प्रकार(jaibik bibidatako prakar)

1. परिस्थितिक प्रणाली विविधता – जिवजन्तुहरुको वास स्थानलाई परिस्थितिक प्रणाली विविधता भनिन्छ । यसले जीवजन्तुहरु र तिनीहरुको वातावरणसङ्गको अन्तर सम्बन्ध समेतलाई जनाउछ । वन जङ्गल , घाँसे मैदान , सिमसार, पोखरी , खोलानाला , समुद्र आदि यसको उदाहरण हुन ।
2. प्रजाती विविधता -  प्राणीहरुको विविधता र वनस्पतिहरुको विविधतालाई प्रजाती विविधता भनिन्छ। विश्वमा रहेका प्राणी र वनस्पतिहरुको फरकपन नै प्रजाती विविधता हो ।
3. बंशानुगत विविधता- प्राणी एवम् वनस्पतिको आफ्नै समुहभित्र देखिने फरकपनलाई बंशानुगत विविधता भनिन्छ । बाबुआमाको गुणहरु छोराछोरीमा भए पनि छोराछोरीको आमाबाबु भन्दा फरक हुन्छन् यो नै बंशानुगत विविधता हो ।

Comments