Skip to main content
जिन्सी स्रेष्ता प्रणाली ( jinsi sresth pranali)
- नेपालमा जिन्सी स्रेष्ता प्रणालीको सुरुवात वि.स. 2020 माघ 1 गते भएको हो ।
- अरेबियान शब्द जिनिसको नेपाली रुपान्तरण जिन्सी हो । सो शब्दले नगदबहेकको सम्पत्ति जनाउछ ।
- कार्यलयमा भएको नगद बाहेकका भौतिक, अभौतिक सम्पत्तिहरुको प्रचालित कानून बमोजिम महा लेखा परिक्षक फाराम नम्बर ( म.ले.प.फ.न.) 45 देखि म.ले.प.फ.न. 57 सम्मका फारामहरुको संगालोलाई व्यावस्थित रुपमा मिलाएर राखिने प्रक्रियालाई जिन्सी स्रेस्ता प्रणाली भनिन्छ ।अर्थात कार्यलयसङ्ग सम्बन्धित रहेका नगद बाहेकको सम्पत्तिहरुको प्राप्ति, उपयोग,व्यवस्थापनसङ्ग सम्बन्धित रहि राखिने अभिलेखलाई नै जिन्सी स्रेस्ता प्रणाली भनिन्छ ।
- यस स्रेस्ता प्रणाली अन्तर्गत संवैधानिक आयोग श्री महालेखा परिक्षक द्वारा तर्जुमा गरिएको फारामहरु रहने गर्दाछ ।
- म.ले.प.फ.नंं. 45, खरिद आदेश
- म.ले.प.फ.नंं 46, दाखिला रिपोर्ट
- म.ले.प.फ.नंं 47, खर्च भएर नजाने
- म.ले.प.फ.नंं 48, हस्तान्तरण फराम
- म.ले.प.फ.नंं 49, जिन्सी निरीक्षन फाराम
- म.ले.प.फ.नंं 50, मिनाहा फाराम
- म.ले.प.फ.नंं 51, माग फाराम
- म.ले.प.फ.नंं 52, खर्च भएर जाने
- म.ले.प.फ.नंं 53, दाखिला टिप्पणी
- म.ले.प.फ.नंं 54, निकासी टिप्पणी ( खारेज )
- म.ले.प.फ.नंं 55, वालगिरी दिने किताब
- म.ले.प.फ.नंं 56, वालगिरी लिने किताब
- म.ले.प.फ.नंं 57, जिन्सी अभिलेखको वार्षिक प्रतिबेदन
Comments
Post a Comment